काठमाडौं । क्यारेबियन देश क्युवाले एक आतंककारी हमलाको तयारी निस्तेज पारेको दाबी गरेको छ । उसले त्यो आतंककारी हमला ‘अमेरिका प्रायोजित’ भनेर भनेको छ । अमेरिकी राज्य फ्लोरिडामा आधारित भएर क्युवामा आतंककारी हमलाको तयारी गर्ने तीन दर्जनलाई क्युवाले पक्राउ परेको छ । यो सूचना क्युवाको गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
आरटीका अनुसार गन, विस्फोटक पदार्थ र सैन्य पोसाक लाएका तीन दर्जन अनुसारलाई क्युवाले पक्राउ गरेको हो । क्युवाको आरोपमा अमेरिकाले सोमबारै प्रतिक्रिया दिएको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टले अमेरिकामा हुने गतिविधिमा अमेरिकाको अनुसन्धानको आधारमा कारबाही हुने तर अरू देशको आदेशको आधारमा नहुने बताएको आरटीले उल्लेख गरेको छ ।