१२ असार, काठमाडौं । ओम बिरला लोक सभाको सभामुख चुनिएका छन् । उनी लगातार दोस्रो पटक लोक सभा सभामुख चुनिएका हुन् ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम पेस गरेका थिए, जसमा अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरे ।
इण्डिया गठबन्धनले कांग्रेसका कोडिकुन्निल सुरेशलाई उम्मेदवार बनाएको थियो । सरकारको नेतृत्व गरेको भारतीय जनता दल (भाजपा)सँगै एनडीए घटक दलका नेताहरूले पनि समर्थन गरेपछि ध्वनी मतबाट उनी सभामुख चुनिए ।कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए ।