काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आणविक युद्ध भइहालेमा अमेरिकाले आफ्ना साझेदारहरुलाई नजोगाउने बताएका छन् । पुटिनले यस्तो अवस्थामा अमेरिका किनार लाग्ने समेत बताएका छन् । शुक्रबार सेन्ट पिटर्सबर्ग अन्तराष्ट्रिय आर्थिक मन्चको कार्यक्रममा पुगेर पुटिनले यस्तो बताएका हुन् । नेटो देशहरुले रुसलाई आणविक युद्धसम्म लगेमा त्यस्तो अवस्थामा अमेरिकाले उनीहरुले उद्दार नगर्ने पुटिनले बताएका छन् ।
रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले अमेरिका तथा रुसको आणविक हतियार बारेमा चाँडै जानकारी दिने प्रणाली भएको तर अरु नेटो तथा युरोपक देशको नभएको भन्दै उनीहरु आणविक युद्धको समयमा प्रतिरक्षा विहिन भएको बताए । पुटिनले रुससँग अमेरिका भन्दा धेरै र हिरोसिमा र नागासाकीमा प्रहार भएका भन्दा चारण गुण शक्तिशाली र धेरै आणविक हतियार भएको बताए ।