काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानको क्रममा पहिलो भिडिओ टीकटकमा राखेका छन् । रियल डोनाल्ड ट्रम्प नामको आइडीमा उनले आइतबार राखेको भिडियोले १३ घण्टामा साढे तीन करोडले हेरेका छन् । उनको भिडियोमा एक सहयोगीले ‘राष्ट्रपति टीकटकमा’ भन्दा ट्रम्पले ‘मेरो गर्वको कुरा’ भनेका छन् ।
कट्टर चीन विरोधी सार्वजनिक छवि बनाएका ट्रम्पले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल कम्पनी टीकटक प्रतिबन्ध लाउने कुरा गर्दै आएका थिए । आफै प्रतिबन्ध प्रस्ताव गरेर आफै टीकटक अकाउन्ट खोल्नुको कारण चुनाव भएको बताइएको छ । युवा मतदातासँग जोडिन ट्रम्प टीकटकमा आएको बताइएको छ ।
प्रकाशित : २०८१ जेष्ठ २१, सोमबार