दक्षिण भारति कण्नड फिल्म ‘केजीएफः च्याप्टर २’ ले ब्यापारिक मामलामा नयाँ किर्तीमा बननएको छ । फिल्म रिलिज हुन अझै २ दिन बाँकि रहँदा फिल्मले एडभान्स बूकिङ बाट ३५ करोड ब्यापार गरीसकेको छ । यो आँकडा हिन्दि डब भर्सनको हो । आउथकै कण्नड, तेलुगु, तमिल र मल्यालमको बूकिङपनि धमाकेदार भैरहेको छ ।
फिल्मले समाचार तयार पार्दा सम्म बिहिबार १८ करोड, शुक्रकार ८ करोड, सनिबार र आईतबार ६, ६ करोडको एडभान्स बूकिङ गरेको छ । यो आँकडा भोलि बेलुका सम्म अझै तिब्र रुपमा बड्ने निश्चित छ ।
पछिल्लो समय बलिउड उद्योगमा साउथ फिल्मको दबदबा छ । एकपछि अर्को हुँदै रिलिज भइरहेका साउथ फिल्महरुले बक्स अफिसमा नयाँ–नयाँ रिकर्ड बनाइरहेका छन् । साउथका सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा’, राम चरण र जुनियर एनटीआरको ‘आरआरआर’ले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्न सफल भएका छन् । ‘केजीएफः च्याप्टर २’ को ट्रेलर रिलिज भइसकेको छ, जसको कारण दर्शकमाझ थप कौतुहलता थपिएको छ । यो फिल्मले ‘आरआरआर’ जस्तै बक्स अफिसमा धमाका मच्चाउने एडभान्स बूकिङले देखाउँछ ।
एसएस राजामौलीको निर्देशनमा तयार ‘आरआरआर’ले वल्र्डवाइड १००० करोडको कलेक्शन गरेर नयाँ रेकर्ड कायम गरेको छ । यसै बिच ‘केजीएफः च्याप्टर २’ले उक्त रेकर्ड तोड्न सक्ने सम्भावना रहेको छ ।
हिन्दूस्तन टाइम्सको रिपोर्ट अनुसार राम चरण र जुनियर एनटीआरको ‘आरआरआर’को हिन्दि डब भर्सनले पहिलो दिनको एडभान्स बूकिङ ५ करोड बराबरको गरेको थियो । तर, ‘केजीएफः च्याप्टर २’ ले भने एड्भान्स बूकिङमार्फत् नै १७ करोडको कलेक्शन गर्दै नयाँ रेकर्ड कायम गरिसकेको छ । देशभर एडभान्स बूकिङ खुलेपछि यो कलेक्सन अझै बढिरहेको छ ।
१४ अप्रिलबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्ममा यशका साथै सञ्जय दत्त, रवीना टण्डन, श्रीनिधिलगायत पनि मुख्य भूमिकामा छन् ।
यो आँकडा हिन्दि मार्केटको हो