ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

किन रोकियो ‘आचार्य’को रिलिज ?

स्वर्गीय गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’लाई १३ वर्षपछि गत शुक्रबार अर्थात् असार ७ गतेबाट पुनः प्रदर्शन गरिएको थियो । तर, चलचित्र विकास बोर्डले एक सातामै फिल्मको रिलिज रोकेको छ । तालुकवाला निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले ‘आचार्य’को प्रदर्शनको विषयमा बोर्डसँग स्पष्टिकरण सोधेको थियो ।

यसपछि बोर्डको अनुगमन समितिले अनुगमन गर्दा सेन्सर प्रक्रिया पूरा नगरी फिल्म चलिरहेको भेटिएपछि प्रदर्शन स्थगित गरिएको जनाइएको छ । बिहीबारदेखि देशभरका हलबाट फिल्म हटिसकेको छ ।‘आचार्य’का निर्माता रोशन राईले भने फिल्मलाई सेन्सर गर्न प्रयास गरेको भए पनि कानुनी प्रावधानले गर्दा सम्भव नभएको बताएका छन् ।

५ वर्ष कटेको चार महिनाभित्र फिल्मलाई सेन्सर गर्नुपर्ने प्रावधान रहेकाले ‘आचार्य’ १३ वर्ष अगाडि रिलिज भएको र जरिवाना तिरेर पुनः सेन्सर गर्न खोज्दा पनि नमिलेको उनको भनाई छ । त्यसो त प्रदर्शनको एक हप्तामा फिल्मले राम्रो व्यापार पनि गर्न सकेको थिएन ।गायक आचार्यप्रति श्रद्धाञ्जली स्वरुप ‘आचार्य’लाई पुनः प्रदर्शन गरिएको थियो ।


प्रकाशित : २०८१ असार १४, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप