ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

किन दयाहाङ ‘गाउँ आएको बाटो’लाई करिअरको उत्कृष्ट फिल्म मान्छन् ?

अहिलेका सर्वाधिक सफल अभिनेता दयाहाङ राईले करिअरमा ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । र, अन्तर्राष्ट्रिय फेस्टिभलमा उनकै फिल्म बढी पुगेका छन् । ‘सेतो सूर्य’, ‘कबड्डी’, ‘लुट’, ‘जारी’ जस्ता यादगार फिल्ममा काम गरेका उनी यतिबेला कुनै फिल्मलाई लिएर उत्साहित छन् भने त्यो ‘गाउँ आएको बाटो’ हो ।

यो फिल्ममा काम गर्दा लोभ पनि लागेको र आँट पनि गर्न नसकेको उनको अनुभव छ । ‘केही फिल्म हेर्दा र गर्दा लोभ पनि लाग्छ तर आँट पनि आउँदैन । यो फिल्म चाहिँ मलाई अत्याधिक लोभ लागेको थियो,’ उनी भन्छन्, ‘आँट आउन नसकेको चाहिँ मैले गर्न सकिनँ भने राम्रो चीज विग्रिन्छ जस्तो लाग्थ्यो । अहिले ‘गाउँ आएको बाटो’ हेर्दा मैले काम गरेका फिल्महरुमा उत्कृष्ट भन्न सक्छु ।’

फिल्मलाई ‘नुमाफङ’ निर्देशक नवीन सुब्बाले बनाएका हुन् । यसअघि दयाहाङले नवीनको निर्देशनमा टेलिभिजन सिरिज ‘दलन’मा काम गरेका थिए । करिब २० वर्षपछि उनीहरुको सहकार्य भएको हो । यसैले पनि उनी यो फिल्म आफ्नो लागि महत्त्वपूर्ण मान्छन् । यही जेठ २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्मले गाउँमा सडक आएपछिको परिवर्तन र त्यसले पार्ने असरको कथा भनेको छ ।

दयाहाङले यसअघि फिल्ममा विभिन्न चरित्र निभाएका छन् । कुनैमा गुरुङ बने त कुनैमा तामाङ । ‘गाउँ आएको बाटो’मा भने उनी पहिलोपटक आफ्नै जातीय चरित्रमा छन् । अर्थात् राईको चरित्र छ । फिल्ममा काम गर्दा राईलाई अझै राम्रोसँग चिन्ने मौका पाएको उनको अनुभव छ । ‘प्रि-प्रोडक्सन’मा बस्दा आफूले कसरी काम गरिरहेको रहेछु भनेर पनि आफैंलाई हेर्न पाएको उनी सम्झन्छन् ।


प्रकाशित : २०८१ जेष्ठ १४, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप