ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

‘पूजार सार्की’का मेरुदण्ड प्रदीप

नेपाली फिल्म क्षेत्रमा चकलेटी हिरोहरु अभिनयको दमले भन्दा पनि लुक्सको भरमा चलेका हुन् भन्ने भाष्य बनेको छ । धेरै हदसम्म यसमा सत्यता छ । प्रायः चकलेटी हिरोहरुको ‘फ्यान’ बनेका दर्शकहरु उनीहरुको लुक्सले नै आकर्षित भएका हुन् ।

अभिनेता प्रदीप खड्काले पनि लुक्सकै भरमा चलेको आरोप खेप्दै आएका थिए । तर, अरु चकलेटी हिरोजस्तो उनको अभिनयको आलोचना हुँदैन थियो र छैन । तथापि, एकैखालको भूमिका र अभिनयमा विविधता पस्किन नसक्दा उनी एउटै दर्शक समूह अर्थात् युवापुस्ताको घेरामा मात्र सीमित थिए । बौद्धिक तप्काका दर्शकले प्रदीपलाई अभिनेताको रुपमा समेत स्वीकार्न सकेका थिएनन् ।

‘पूजार सार्की’मा उनी दमाहा बजाउने दमाई चरित्रमा छन् । चलबुले स्वभावको चरित्रमा प्रस्तुत भएका उनका हरेक क्रियाकलापले दर्शकलाई हँसाएर लोटपोट बनाउँछ । उनको ‘कमिक टाइमिङ’ उत्कृष्ट छ । हलमा दर्शकलाई बाँधेर राख्ने जिम्मेवारी नै उनको हो । उनी पर्दामा केहीबेर हराउँदा दर्शकले उनलाई नै खोज्छन् । यो फिल्मबाट उनले अभिनयमा आफ्नो राम्रो प्रभाव छाडेका छन् ।

फिल्म हेरेका दर्शकसँगै फिल्मकर्मीहरुले समेत प्रदीपको अभिनयको तारिफ गरिरहेका छन् । केही दिनअघि कलाकार दीपकराज गिरीले प्रदीपको अभिनय उल्लेख्य रहेको भन्दै प्रशंसा गरेका थिए । समीक्षकहरुले पनि उनको अभिनयको तारिफ गरिरहेका छन् । एकातिर अभिनयको वाहवाही हुनु र अर्कोतिर फिल्मले पनि जबर्जस्त कमाई गरेपछि प्रदीपलाई दुवै हातमा लड्डूझैँ भएको छ ।


प्रकाशित : २०८१ जेष्ठ १४, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप