ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

‘लण्डन टू पेरिस’ ट्रेलरमा प्रेम र विछोड

यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ३ मिनेट ४ सेकेण्ड लम्बाईको ट्रेलरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता निश्चल खड्काबीचको प्रेम र विछोडलाई देखाइएको छ ।

प्रेम सम्बन्ध टुटेपश्चात् साम्राज्ञीसँग फेरि नजिक बन्न निश्चलले गरेको संघर्षमा ट्रेलर केन्द्रित छ । फिल्मले त्रिकोणात्मक प्रेमकथा पनि भन्छ । साम्राज्ञीलाई भुलाउन निश्चल अभिनेत्री गरिमा शर्मासँग नजिक बन्छन् । तर, उनीहरुको पनि सम्बन्ध टुट्छ । पछि गरिमासँग अभिनेता कबीर खड्काको प्रेम देखाइएको छ ।

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत र लांगिनस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

एबी इन्टरनेशनलको प्रस्तुतिमा बनेको फिल्ममा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्मसले निर्माण सहकार्य गरेका छन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । यस्तै, सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।


प्रकाशित : २०८१ जेष्ठ १३, आईतवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप