ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

‘मैले करिअरमै सबैभन्दा बढी रिटेक ‘हिरामन्डी’मा दिएँ’ : मनीषा कोइराला

कुनै बेला बलिउड फिल्ममा अभिनेत्री मनीषा कोइरालाको राम्रो दबदबा थियो । सन् १९९१ मा आएको फिल्म ‘सौदागर’बाट अभिनय करिअर सुरु गरेकी उनले त्यसपछि दर्जनौं फिल्ममा काम गरिन् ।

यतिबेला नेटफ्लिक्स सिरिज ‘हिरामन्डी : द डायमन्ड बजार’ले उनलाई चर्चामा ल्याएको छ । यसमा उनी सहायक भूमिकामा छैनन्, लगभग सिरिज नै उनको काँधमा छ । ‘मल्लिका जान’को भूमिकामा उनले बुलन्द अभिनय गरेकी छन् ।

‘हिरामन्डी’लाई बलिउडका नामी निर्देशक सञ्जय लीला भंसालीले निर्देशन गरेका हुन् ।  यो सिरिजबाट प्रस्ताव आउँदा मनीषा नेपालमै थिइन् । उनले भंसालीप्रतिको विश्वासमा स्क्रिप्ट नै नपढि काम गर्न मञ्जरी जनाएकी रहेछिन् । पछि उनले जुमबाट सिरिजको कथावस्तु र आफ्नो चरित्रबारे जानकारी लिइन् ।

‘हिरामन्डी’को प्रचारको क्रममा उनले एक भारतीय च्यानलसँग भनेकी छन्, ‘म बलिउडसँग ‘डिस्कनेक्ट’ अवस्थामा थिएँ । नेपालमा म त्यसैमा रमाइरहेकी थिएँ । त्यही बेला भंसालीको अफिसबाट फोन आयो । सञ्जयले राम्रो रोल छ, स्क्रिप्ट पढ् भनेपछि म एकदमै खुसी भएँ । सञ्जयसँग अब फेरि काम गर्न पाइन्छ भनेर मैले त सपना देख्न पनि छाडिसकेकी थिएँ । यद्यपि, हामी राम्रो साथी हौं । मलाई फेरि ऊसँग काम गर्न मन थियो । ऊ आफैंले कामको प्रस्ताव राख्दा मेरो खुसीको सीमा थिएन । मैले स्क्रिप्ट पनि नपढि काम गर्न मञ्जुरी जनाएँ ।’

मुम्बई फर्किएपछि मनीषाको ‘लुक टेस्ट’ भयो । त्यसबेला मात्र उनलाई आफ्नो चरित्र कस्तो हुन्छ भन्ने छर्लङ्ग भएको रहेछ । उनी ‘हिरामन्डी’मा आफूले करिअरमै सबैभन्दा बढी ‘रिटेक’ दिएको स्मरण गर्छिन् । ‘मैले करिअरमै सबैभन्दा बढी ‘रिटेक’ यही सिरिजमा दिएँ । एउटा सिनमा २२/२५ ‘रिटेक’ भएको थियो । त्यसबेला मैले के सोचेकी थिएँ भने जेसुकै होस् म टसमस हुँदिनँ । जबसम्म सञ्जय मेरो सिनबाट खुसी हुँदैन तबसम्म म सिन दिन्छु । किनकि, अब म जे पनि गर्न चाहन्छु, त्यसमा आफ्नो २ सय प्रतिशत दिन्छु ।’

जीवनको यो उमेरमा राम्रो रोल कमै मिल्ने मनीषाको अनुभव छ । यसैले ‘हिरामन्डी’मा पाएको रोलप्रति उनी आफूलाई भाग्यमानी महसुस गर्छिन् । ‘म अहिले ५३ वर्षको भएँ । यो उमेरमा राम्रो रोल एकदमै कम मिल्छ । जब ‘हिरामन्डी’को रोल मिल्यो तब मैले आफूलाई एकदमै भाग्यमानी महसुस गरेँ । मलाई यति सशक्त भूमिका दिएकोमा सञ्जयप्रति कृतज्ञ छु । सञ्जयले मलाई यही कामले हामीलाई मानिसहरुले वर्षौंपछि पनि याद गर्नेछन् भनेर ढाडस दिँदा मेरो शरीरमा काँडा उम्रिएको थियो,’ उनले सम्झिइन् ।

‘हिरामन्डी’पछि मनीषाले सोच्नै छाडेकी छन् । अब के हुन्छ र कहिले हुन्छ उनलाई नै थाहा छ । यतिबेला उनी ‘हिरामन्डी’मा आफ्नो काम र मिहिनेत रुचाइएकोमै खुसी छिन् । ‘धेरै दर्शकहरुले म्यासेज गरेर तारिफ गर्नुभएको छ । मेरा समकालीन र फिल्म क्षेत्रका धेरैले फोन गर्नुभएको छ ।  यो उमेरमा यो मौका दिएकोमा भगवानप्रति आभारी छु,’ उनले खुसी व्यक्त गरिन् । ‘हिरामन्डी’ रिलिजसँगै मनीषा यसै साता काठमाडौं फिरिसकेकी छन् ।


प्रकाशित : २०८१ बैशाख २६, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप