ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

सलोन र करिश्मालाई पुत्रीलाभ

अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसी अभिभावक बनेका छन् । बुधबार मातातीर्थ औंसीको दिन उनीहरुलाई पुत्रीलाभ भएको हो । ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा करिश्माले बिहान साढे ८ बजे पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

सलोनका पिता तथा फिल्म निर्देशक शोभित बस्नेतले आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको जानकारी दिए । सलोन र करिश्माले गत वर्ष विवाहको पहिलो वर्षगाँठको अवसरमा आफूहरु अभिभावक बन्न लागेको जानकारी गराएका थिए । सलोन र करिश्मालाई ‘सलोमा’ जोडी भन्ने गरिन्छ ।

२०७९ सालको मंसिर १२ गते उनीहरुले करिब तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । उनीहरुले केही म्यूजिक भिडियोमा एकसाथ काम पनि गरेका छन् । करिश्मा पेशाले भने एयर होस्टेस हुन् । सलोन चाँडै आफ्नो लगानीमा फिल्म ‘यूनिभर्सिटी अफ गुण्डाज्’ निर्माणको तयारीमा छन् । यसमा उनी स्वयंको अभिनय रहनेछ ।


प्रकाशित : २०८१ बैशाख २६, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप