ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

कमेडी शोमा मजाक बनाइएपछि भावुक करण जोहर

एक कमेडी शोमा मजाक बनाइएपछि बलिउडका चर्चित निर्देशक तथा निर्माता करण जोहरले दुःख व्यक्त गरेका छन् । कमेडियन केतन सिंहले नयाँ कमेडी शो ‘मेडनेस मचाएंगे’मा करणको मजाक बनाएका थिए । यसपछि, करणले सामाजिक संजालबाट दुःख व्यक्त गर्दै आफ्नो भावनामा ठेस पुगेको उल्लेख गरेका थिए ।

करणले सामाजिक संजालमा लेखेका छन्–‘म मेरी आमाको साथमा टीभी देखिरहेको थिएँ । सोही समयमा मैले एक नाम चलेको टेलिभिजनमा प्रशारण हुन लागेको कमेडी शोको प्रोमो देखे । एक कमेडियन खराब तरिकाले मेरो नक्कल गर्दै थिए ।

म यस्तो ट्रोललाई त्यतिबेला स्विकार गर्थेँ, जतिबेला यो क्षेत्रमा मेरो नाम र अनुहार कसैलाई पनि थाहा हुँदैनथ्यो । तर, २५ बर्षदेखि यो क्षेत्रमा काम गर्दा पनि यही क्षेत्रमा मानिसहरूले मेरो अपमान गर्छन् भने त्यो दुःखको कुरा हो । यो कुराबाट मलाई रिस उठेको छैन, तर निकै दुःख लागिरहेको छ ।’

करणको रियाक्सनपछि कलाकार केतन सिंहले माफी मागेका छन् । उनले, करण जोहरको आफू फ्यान भएको भन्दै उनीसँग माफी माग्ने उल्लेख गरेका हुन् । उनले, करणको भावनामा ठेस पुर्याउने आफ्नो कुनै उद्देश्य नभएको पनि बताएका छन् ।


प्रकाशित : २०८१ बैशाख २५, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप