ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

गीतमा नीति र रेअरको प्रेम : ‘खजुरे ब्रो’

यही बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको कमेडी ड्रामा फिल्म ‘खजुरे ब्रो’को नयाँ सार्वजनिक गरिएको छ । ‘मैले फकाएर मात्र’ बोलको रोमान्टिक गीतमा अनमोल गुरुङको शब्द रचना, संगीत तथा स्वर छ भने रिकेश गुरुङको संगीत संयोजन छ ।

गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता रेअर राई र अभिनेत्री नीति शाह प्रेमिल भावमा प्रस्तुत छन् । कहीँ रेअर रिसाएकी नीतिलाई फकाउँदै देखिएका छन् भने कहीँ दुवै लुकामारी खेलिरहेका छन् । उनीहरुको केमेस्ट्री रोचक देखिन्छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता नवीन मानन्धर र सुरज सुनुवार हुन् । फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्मातामा छन् भने डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् । शिशिर विशंखेको छायांकन रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ ।

सुरज सुनुवारको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा रेअर र नीतिका साथै नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको पनि अभिनय छ । कुनै समय धरानमा चर्चित मानिएका खजुरे पात्रबाट प्रभावित भएर फिल्म बनेको हो । त्यो पात्रमा रेअरले अभिनय गरेका छन् ।

निर्देशक सुनुवारले फिल्म रमाइलो बनेको बताएका छन् । उनी भन्छन्, ‘यो पूर्ण रुपमा कमेडी फिल्म हो । यद्यपि, यसमा कमेडी मात्र छैन, अरु रसहरु पनि छ । समग्रमा भन्नुपर्दा मनोरञ्जन हेतुले फिल्म बनाएका हौं । यसमा गम्भीर कथावाचन छैन, रमाइलो लाग्ने फिल्म बनेको छ ।’ यसअघि उनले ‘षडङ्ग’ निर्देशन गरेका थिए ।


प्रकाशित : २०८१ बैशाख २५, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप