ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

राजेश हमालले सुनाए आफ्नी भारतीय प्रेमिकासँगको एउटा रमाइलो किस्सा

काठमाडौं । अभिनेता राजेश हमाल जतिबेलासम्म अविवाहित थिए, उनका प्रेम प्रसंगहरु खासै चर्चामा आएनन् । उनले मिडियामा कहिल्यै आफ्नो प्रेमबारे खुलेर बोलेनन् पनि । ५० वर्ष काटेपछि हमालले आफूभन्दा झण्डै आधा उमेरकी प्रेमिका मधु भट्टराईसँग विहे गरेका थिए । यो जोडी अहिले ह्याप्पी कपलका रुपमा चिनिन्छ । उनीहरुले सन्तान भने जन्माएका छैनन् ।

उमेरले प्रौढ अवस्थामा रहेका हमाल आजकाल आफ्नो विगतबारे खुलेर बोल्न हिच्किचाउँदैनन् । उनको एउटा अन्तरवार्ता भर्खरै सार्वजनिक भएको छ, जसमा उनले आफ्नी भारतीय प्रेमिकासँगको एउटा रमाइलो किस्सा सुनाएका छन् । हमालका अनुसार यो घटना उनी चण्डिगढमा कलेज पढ्दै गर्दाको हो, जतिबेला उनी उमेरले १७ वर्ष मात्र पुगेका थिए ।चण्डिगढकै एक युवतीसँग हमालको प्रेम थियो । उनीहरु विभिन्न स्थानमा डेट गइराख्थे । युवतीको निजी कार पनि थियो । एकपटक प्रेमिकाको कार चढेर हमाल घुम्न निस्किएका थिए । कार हमालले चलाएका थिए । एउटा एकान्त ठाउँमा उनले कार रोके ।

हमालले बताए अनुसार उनी ड्राइभिङ सिटमा र प्रेमिका छेउका सिटमा थिइन् । खुल्ला स्थानमै उनीहरु चुम्बनमा लिप्त भए । यसरी अन्तरंग प्रेममा डुबिरहँदा अचानक कसैले कारको झ्यालमा ढकढक गर्यो । यसो हेर्दा त अगाडि प्रहरी थियो । ‘यो के राम लिला हो ? लाज लाग्दैन ?’ प्रहरीले सोधेछन् । युवती आत्तिइन् । हमाल भने सम्हालिए । उनले उल्टै प्रहरीलाई अञ्जान बनेर सोधे, ‘यस्तो गर्न पाईंदैन र ?’प्रहरीले उनीहरुलाई चौकीतिर लिएर गए । केहीबेर केरकार गरेर आफूहरुलाई छोडिएको हमाल बताउँछन् । यस्तो घटना मिडियामा सुनाउँदा घरमा भाउजु त रिसाउनु हुन्न नि ? भन्ने पत्रकारको प्रश्नमा हमालले जवाफ दिएका छन्, ‘किन रिसाउने ? उनलाई सबै थाहा छ । फेरि ठूलो कुरा पनि होइन । ती युवतीलाई त अहिले मैले बिर्सी पनि सकेँ ।


प्रकाशित : २०८१ बैशाख २४, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप