ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स विदेशी लगानी खोज्दै

काठमाडौं गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स विदेशी लगानी खोज्दै तेस्रो लगानी सम्मेलनमा पुगेको छ । ५ अर्ब लगानीमा निर्माण गर्ने तयारी गरेको कम्प्लेक्सले सम्मेलनमा स्टल राखेर लगानी आह्वान गरिरहेको छ । कम्प्लेक्सको डिजाइन पनि बनिसकेको छ । पहिलाको गोपीकृष्ण हल मासेर सोही ठाउँमा कम्प्लेक्स बनाउन लागिएको हो ।

सरकारले निर्माणको स्वीकृति दिएको छ भने करिब १० रोपनी जग्गा समेत खरिद गरिसकेको छ । यसमा ३० प्रतिशत विदेशी र ७० प्रतिशत नेपाली लगानी ल्याउने लक्ष्य अनुरूप लगानीकर्ताको खोजी भइरहेको छ । विशेष गरी भारतले यसमा चासो देखाएको छ । पैसा जुटेपछि ४ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ ।

बैंकबाट ऋण पाइने भए पनि बाहिरको लगानी ल्याउँदा अरू पनि काम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ विदेशी लगानीको खोजी भइरहेको जनाइएको छ । यसको मुख्य लगानीकर्ता उद्धव पौडेल हुन् । यसले पहिलो चरणमा अपार्टमेन्ट कम्प्लेक्स बनाउने, दोस्रो चरणमा अन्तर्राष्ट्रिय मापदण्डको पाँच तारे होटल र सपिङमल, सिनेमा हल बनाउने योजना लिएको छ ।


प्रकाशित : २०८१ बैशाख १७, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप