ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

‘बोक्सीको घर’, सुखद ओपनिङको संकेत

अभिनयमा पारंगत मानिएकी अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ले शुक्रबारबाट सार्वजनिक प्रदर्शन सुरु गरेको छ । बलिउडको ‘रुस्लान’बाहेक अरु ठूला विदेशी फिल्म नहुँदा मल्टीप्लेक्सहरुमा उच्च शोज पाएको फिल्मले सुखद ओपनिङको संकेत गरेको छ । क्यूएफएक्स चेनसहित काठमाडौंका केही मल्टीप्लेक्समा फिल्मको बुकिङ राम्रो देखिएको छ ।

फिल्ममा अभिनेत्री केकी अधिकारी र बाल कलाकार सुपला सापकोटा केन्द्रिय भूमिकामा छन् । सुपलाले केकीको बाल्यकालको भूमिका निभाएकी छन् । प्रिमियरमा उनको अभिनयको तारिफ भएको थियो । केकीले भने कथित बोक्सीको भूमिकामा अभिनय गरेकी छन् ।

ट्रेलर र ‘बुझिनँ मैले’ गीतका कारण चर्चामा रहेको फिल्मले बुधबार साँझ काठमाडौंमा आयोजना गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको थियो । प्रिमियरमा फिल्म हेर्ने धेरैजसोले आफ्नो सामाजिक सञ्जालमा समेत प्रशंसाको शब्द कोरेका छन् । यसको प्रभाव व्यापारमा देखिन सक्ने प्रक्षेपण गरिएको छ । ‘बुझिनँ मैले’ गीतको लोकप्रियताको फाइदा पनि फिल्मलाई हुनसक्छ ।

केकी र सुपलासहित रमा थपलिया, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय रहेको फिल्ममा बद्री अधिकारी निर्माता तथा राज घिमिरे कार्यकारी निर्मातामा छन् । फिल्ममा निर्देशक भारती स्वयंको लेखन छ भने उनले केकीको श्रीमानको भूमिकामा समेत अभिनय गरेका छन् ।


प्रकाशित : २०८१ बैशाख १४, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप