ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

‘भाइरल गोर्खे’मा ऋषि धमला

चर्चित पत्रकार ऋषि धमलाले फिल्म अभिनयमा कमब्याक गर्ने भएका छन् ।  उनीसँग बिहीबार निर्माताले कागजी सम्झौता गरेका छन् । फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी गराए ।

फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।  केही दिनदेखि भुजुङ गाउँमा फिल्मको छायांकन भइरहेको छ । यसपछि गोरखा र चितवनमा छायांकन गरिनेछ ।

निगम भन्छन्, ‘पत्रकारको भूमिका हामीले ऋषि सरकै लागि भनेर लेखेका थियौं । त्यसमा उहाँबाहेक अरुलाई सुहाउँदै सुहाउँदैन । उहाँले पनि भूमिका मन पराएर काम गर्न तयार हुनुभयो । फिल्ममा उहाँको अर्थपूर्ण उपस्थिति रहनेछ ।’ धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने जनाइएको छ । त्यहाँ उनको एक दिनको छायांकन हुनेछ ।

विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको फिल्मले सामाजिक सञ्जालमा भाइरल हुन जस्तोसुकै हर्कत गर्ने पात्र (सौगात मल्ल)को कथा भन्नेछ । र, त्यो पात्रको अन्तर्वार्ता पत्रकार धमलाले लिनेछन् । द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको निर्माण रहेको फिल्मको छायाँकारमा अमर महर्जन छन् ।


प्रकाशित : २०८१ बैशाख १४, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप