ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

पूर्वमा कविता सुनाउँदै उपेन्द्र सुब्बा

नेपाली फिल्ममा फरक र पृथक प्रचार शैलीको खडेरी नै छ । यही बैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मनसरा’ले भने प्रचारमा फरक शैली अपनाएको छ ।यतिबेला फिल्मको टिमले देशव्यापी ‘कविता कन्सर्ट’ गरिरहेको छ ।

फिल्मका निर्देशक उपेन्द्र सुब्बा आफैं नामचिन कवि भएकाले कन्सर्ट अझ विशेष बनेको छ । पूर्वको बिर्तामोडबाट सुरु भएको कन्सर्ट इटहरी पुगेर सकिनेछ । बुधबार बिर्तामोडको क्यूएफएक्स हलमा साहित्यिक माहोल बनेको थियो । त्यहाँ कवि सुब्बाले आफ्ना आधा दर्जन कविता सुनाए । र, ‘मनसरा’ हेर्न निम्तो पनि दिए ।

कार्यक्रममा अभिनेत्री मिरुना मगरले आफ्नी आमाले लेखेको एउटा कविता सुनाएकी थिइन् भने कलाकारहरु मेनुका प्रधान, प्रवीण खतिवडा र जीवन बरालले कवि सुब्बाका कविता वाचन गरेका थिए । बुधबार बिर्तामोडसँगै उर्लाबारीमा पनि कन्सर्ट गरियो । अब बैशाख १३ गते दमक र धरानमा र बैशाख १४ गते इटहरी र बेलबारीमा ‘कविता कन्सर्ट’ हुने निर्माता शैलेन्द्र ध्वज कार्कीले बताए ।

अन्तरजातीय सम्बन्धको कथामा बनेको ‘मनसरा’मा मिरुना, मेनुका, प्रवीण, जीवनका साथै दयाहाङ राई, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मलाई निर्माता कार्की आफैंले छायांकन गरेका हुन् । फिल्मको सह-निर्मातामा भने विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ छन् ।


प्रकाशित : २०८१ बैशाख १४, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप