ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

‘घरज्वाइँ’मा यस्ता देखिए दयाहाङ र मिरुना

मगर समुदायको संस्कृति र संस्कारमा आधारित भएर बनेको फिल्म ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । यसले उनीहरुको ग्रामीण जीवनको संघर्षलाई दर्शाउँछ । पोस्टरको पृष्ठभूमिमा दुर्गम ग्रामीण परिवेश देख्न सकिन्छ ।

फिल्ममा भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, सुनिल मगर, विवेश बुढा मगर, विना थापा मगर, सोनाम लामा लगायतको पनि अभिनय छ । आगामी असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

दोस्रो पोस्टर भने परम्परागत शैलीमा तयार छ । अर्थात् फिल्मका मुख्य कलाकारहरुलाई अटाइएको छ । दयाहाङ र मिरुनासहित शिशिर वाङ्गदेल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आलेको मनोदशा पोस्टरमा झल्किन्छ । निर्देशक अनिल बुढा मगरले मगर समुदायको संस्कृति र सभ्यतालाई अपनत्व गर्दै सामाजिक दृष्टिकोण जोगाएको ‘ज्वाइँ’हरुमा फिल्म समर्पित रहेको बताएका छन् ।

पूर्वी रुकुमको तकसेरा क्षेत्रमा छायांकन भएको ‘घरज्वाइँ’मा निर्देशक मगर स्वयंको कथा छ भने पटकथा तथा संवाद लेखन विनोद खतिवडा र सुभाष कोइरालाको हो । जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनले मिलेर निर्माण गरेको फिल्ममा सुसन प्रजापतिको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन छ । फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द रचना तथा संगीत रहेको छ ।


प्रकाशित : २०८१ बैशाख १२, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप