पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँग एमाले संसदीय दलका नेता खगराज अधिकारीले सानो मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीले आफूसँगै दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् । उनले नेकपा माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।
चैत ५ सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बनेका मनाङे सरकार परिवर्तनसँगै पुनः मन्त्री बन्न लागेका हुन् ।माओवादीबाट भने हालसम्म टुंगो नलागेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । दीपक मनाङे पाँचौँ पटक मन्त्री बन्न लागेका हुन् ।