ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

‘महाजात्रा’को ग्रस कलेक्शन १० करोड माथि

फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । पहिलो साता ६ करोड माथिको ग्रस कलेक्शन गरेको फिल्मले दोस्रो सातामा पनि आक्रामक व्यापारलाई जारी राख्यो । यो फिल्मले दुई सातामा १० करोड १४ लाख ग्रस कलेक्शन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा उल्लेख छ ।

फिल्मले १० करोडको ग्रस कलेक्शन गरेसँगै यो बर्षको सर्वाधिक कमाई गर्ने दोस्रो फिल्ममा ‘महाजात्रा’ उक्लिएको छ । यो बर्ष सर्वाधिक कमाई गर्ने फिल्ममा ‘जारी’ छ ।

योसँगै यसको टिमले फिल्मलाई ब्लकबस्टर घोषणा गरेको छ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यो फिल्म हेर्नका लागि मध्यरातसम्म हलमा दर्शक पुगेका छन् । फिल्मको निर्माण टिमले केही दिन अगाडि एफक्यूब हलमा रातको २ बजे फिल्म हेरेर फर्किएका दर्शकसँग साक्षात्कार समेत गरेको थियो । लामो समयपछि नेपाली फिल्ममा यस्तो लोभलाग्दो व्यापार देखिएको हो ।

हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।
फिल्मको आज तेस्रो साताको शुक्रबारमा पनि व्यापार राम्रो हुने देखिएको छ । अब, यो फिल्मले ‘जारी’को रेकर्ड ब्रेक गर्छ या गर्दैन, त्यो हेर्न भने बाँकी छ ।


प्रकाशित : २०८० चैत्र २३, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप
    
    सोमंबुबिशु