ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

नेपाली चलचित्र ‘अन्जिला’ माघको ११ बाट रिलिज हुने

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘अन्जिला’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म आउँदो बर्षको माघ ११ गतेबाट रिलिजमा आउने भएको छ । विशेषगरि, माघको १६ र १७ गते दुई दिन सार्वजनिक बिदा रहेकाले पनि यसको निर्माणपक्षले माघको ११ गतेलाई प्रदर्शन मिति तोकेको बुझ्न सकिन्छ ।

यो फिल्मको नेपालसँगै युके र हङकङमा प्रिमियर पनि गरिने बताइएको छ । फिल्मको मुख्य भूमिकामा एन्जिलाले नै काम गरेकी छिन् । उनको साथमा फिल्ममा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ, विजय बराल, हरि खड्का लगायतका कलाकारको अभिनय छ ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले नेपाली महिला फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा सुब्बाको जीवन कथा भन्छ । यो फिल्मको छायांकन इलामको आइतबारे सहित झापा र काठमाडौंमा गरिएको छ ।

निर्देशक चाम्सले आफ्नो निर्देशकीय करिअरमा यो फिल्मले नयाँ छाप छाड्ने  विश्वास व्यक्त गरे । यो फिल्मको कथा ७५ प्रतिशत एन्जिलाकै जीवनबाट प्रभावित भएपनि बायोपिक भने नभएको मिलनको भनाई छ ।

यो फिल्मले एन्जिलाको बाल्यकालदेखि सफलताको कथासम्म देखाउने निर्माणपक्षको भनाई छ ।


प्रकाशित : २०८० चैत्र १५, बिहीबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप