ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

२०८३ सम्म प्याक, चलेका मेकरलाई दशैंको लोभ

काठमाडौं । नेपाली फिल्म मेकरलाई दशैं र तिहारमा फिल्म रिलिज गर्ने लोभ छ । यही लोभका कारण दशैं र तिहारलाई लक्षित गरेर पहिले नै प्रदर्शन मिति तोक्ने गरिन्छ । तर, यसपटक केही अनौठो भएको छ ।

अन्य समयमा एक वर्षपछिको दशैंमा मात्र निर्माताहरुको ध्यान जान्थ्यो । तर, यसपटक भने लगातार तीन वर्षसम्मको दशैँसम्म मेकरको ध्यान गएको छ । यसरी, लगातार तीन बर्षको दशैं बुक गर्नेमा नाम चलेका मेकर नै छन् ।

तर, यसपटक रोचक के भएको छ भने वि.सं २०८२ सालको दशैं पनि बुक गरिएको छ । यसपटक षट्कोण आर्टसले यो मिति बुक गरेको हो । अरु बेलामा सामान्य समयमा फिल्म रिलिज गर्दै आएको यो ब्यानरले यसपटक भने दशैँलाई ताकेको छ र डेढ बर्ष अगाडि नै प्रदर्शन मिति घोषणा गरेको छ ।

आउँदो बर्षको दशैंमा अहिलेसम्म तीन फिल्म रिलिज हुने पक्का भइसकेको छ । अब, यी तीन फिल्म एकसाथ जुध्छन् या मिलाएर फिल्म रिलिज गरिन्छ हेर्न बाँकी छ । आउँदो बर्षको दशैंमा ‘छक्का पन्जा ५, बलिदान र बेहुली फ्रेम मेघौंली’का मेकरले मिति पक्का गरेका छन् । यी तिनै फिल्मका मेकर नाम चलेका हुन् । दीपकराज गिरी, निश्चल बस्नेत, सन्तोष सेन जस्ता निर्माताले फिल्म रिलिज गर्ने पक्का गरेका हुन् ।

यसरी हेर्दा, नाम चलेका मेकरको लागि मात्र दशैंको बिदा फलिफाप भएको देखिन्छ । नाम चलेका मेकरले दशैंमा फिल्म रिलिज गर्दा अन्य निर्माताले लामो सार्वजनिक बिदाको फाइदा उठाउन सकेका छैनन् ।


प्रकाशित : २०८० चैत्र १५, बिहीबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप