काठमाण्डौं । नेपाल चलचित्र प्राविधिक संघको अध्यक्ष पदमा पुस्कर लामा निर्विरोध निर्वाचित भएका छन् । आज भएको संघको अधिवेशनबाट लामा सर्व सम्मतले निर्वाचित भएका हुन् ।
लगातार अध्यक्ष निर्वाचित लामा यस अघिका २ कार्यकालमा अध्यक्ष निर्वाचित भएका थिए । वर्तमान कार्यसमितिमा समेत निर्विरोध निर्वाचित भएका यनि यस पटक तेस्रो कार्यकालमा लागि निर्वाचित अध्यक्ष हुन् ।
त्यस सँगै महासचिबमा युवराज कार्की र कोषाध्यक्षमा कृष्ण थापा पनि निर्बिरोध निर्वाचीत धएका छन्, अन्य पदका लागी भने निर्वाचन हुदैँ छ ।