काठमाण्डौं । ज्योतिष हरिहर अधिकारी र नायिका निता ढुंगानाले निमार्ण गरेको फिल्म ह्रस्व दीर्घको छायांकन सुरु भएको छ । भारतको हैदरावादमा रहेको रामोजि फिल्म सिटिमा फिल्मको पहिलो टेक लिदै छायांकन सुरु भएको हो । रामोजी फिल्म सिटि केजिएफ, बाहुवली र आरआरआर जस्ता ठुला फिल्मको छायांकन भएको संसारकै सबैभन्दा ठुलो फिल्म स्टुडियो हो ।
द्धन्द्ध निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्दै गरेको फिल्म पछिल्लो १ बर्ष देखि कलाकार छनौटको कारण चर्चामा रहेको थियो । फिल्ममा चर्चित भारतीय कमेडियन ब्रम्हानन्दम, प्रदिप रावत, सुनिल बर्मा लगायत कलाकारले अभिनय गर्ने पक्का भैसकेको छ । यसै फिल्मबाट अभिनेत्री विपना थापाले १६ बर्ष पछि नेपाली फिल्म उद्योगमा कमब्याक गर्दैछिन्।
भारतीय सिनेम्याटोग्राफर कवीरलालले छायांकन गर्ने फिल्ममा नीतासहित हरिहर अधिकारी, सरोज खनाल, गरिमा शर्मा, रविन्द्र झा, आदर्श मिश्रा, लक्ष्मी पौडेल, एम।डी वसिम राजा, नरेन खड्का लगायतका कलाकारको अभिनय रहनेछ।