काठमाण्डौं । आगामी मे २७ मा अमेरीकामा हुने नेप्टा अवार्डको प्रतिनिधि मण्डल नेपालमा आएलगत्तै भेटघाटमा ब्यस्त भैरहेका छन् । आयोजक युएस खबर मिडियाबाट ओम आचार्य, बिमल कुमार पछाई लगायतको टोली गत जनवरी ७ मा नेपाल आएका थिए । नेपाल आएलगत्तै टिमले नेपालमा विभिन्न कलाकार, सहयोगी तथा बिज्ञापन दाताहरू सँग भेटघाट गरेको छ ।
टिमले गत हप्ता चर्चित पत्रकार ऋषि धमलालाई भेटेको थियो, ऋषि धमला पनि अवार्ड प्रति उत्साहित भएका छन् । विभिन्न कलाकार सँग भेटघाट तिब्र बनार्एरहेको टिमले आजमात्र प्राइम एच डि टेलिभिजनकी निर्देशक एलिजा गौतम सँग अवार्डको प्रचारप्रसार अनि प्रत्यक्ष प्रसारण लगायतका बिषयमा छलफल गरेको छ । जनवरी २२ तारीखको दिन सोल्टि होटलमा अनाउन्समेन्ट सेरियोमोनी कार्यक्रम आयोजना हुदै छ, जसमा अमेरीकि राजदुत प्रमुख अतिथिको रुपमा आउदै छन् । त्यहाँ कार्यक्रमको थप योजना सार्वजनिक गरीने बताइएको छ ।
टिमले अब नेपालका चर्चित कलाकारहरु सँग भेट गर्ने कार्यक्रम पनि तय भैसकेको छ ।