काठमाडौं । आगामी चैत्र ४ गते हुन लागेको “नेपाल चलचित्र कलाकार संघ” को आगामी महाधिवेशनमा ४ कलाकारले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । यस अघिका पदाधिकारी देखि अन्य चर्चित कलाकार हरुले पनि संघको नेतृत्वको लागी दावि पेस गरेका छन् ।
अध्यक्षमा दाबी प्रस्तुत गर्नेमा बरिष्ठ कलाकार मोहन निरौला, कलाकार सबिन श्रेष्ठ, नायिका रेजिना उप्रेती र निर्माता तथा कलाकार सुशान्त श्रेष्ठ रहेका छन् । यत २०७६ सालमा भएको महाधिवेशनबाट अध्यक्षमा रबिन्द्र खड्का निर्वाचित भएका थिए, निकै रस्साकस्सि र बिबादका बिच उनले सरीता लामिछाने लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । यस पटक उनले उम्मेद्वारी नदिने लगभग निश्चित भैसकेको छ ।