ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

फिल्म वहिस्कारको प्रभाव, डिसेम्बर फल्सको डिजास्टर ओपनिङ

काठमाण्डौं ।  निखिल उप्रेती फ्यानको चर्को विरोधका बाबजुद सार्बजनिक माफी बिनै फिल्म रिलिज गरेका आर्यन सिग्देललाई ठुलो झट्का लागेको छ, उनि अभिनित फिल्म निरन्तर बक्स अफिसमा असफल हुदै आइरहेका छन् । यसकैको सिलसिला डिसेम्बर फल्सले पनि कायम गरेको छ ।

आज लोह्सारको अवसरमा देशभर छुट्टि हुदा पनि फिल्मले दर्शकको साथ पाउन सकेको छैन । फिल्मको बिहानी सोज हरु देशैभर खाली गएको छ । उपत्यकामा आज विहानको अधिकांश हलहरु खाली थिए, उता हलिउड फिल्म अवतार २ ले रिलिजको दोस्रो हप्ताको विहानी जोसमा पनि उल्लेख्य दर्शकको साथ पाउँदा नेपाली फिल्म डिसेम्बर फल्सले भने सुरुवातकै दिनमा दर्शकको साथ पाउन सकेन ।

फिल्मको प्रिन्ट उपलब्ध नहुदा विहानी सोज हरु उपत्यका बाहिर प्रदर्शन हुन सकेको थिएन, यता दिउँसो र बेलुकाको जोसमा पनि फिल्मले दर्शकको साथ पाउन सकेको छैन ।

किन चलेन फिल्म ?
धेरैले फिल्म नचल्नमा आर्यनको पछिल्लो समय भाइरल भएको टिकटक भिडियोलाई आधार मानेका छन् । जहाँ उनले सुपरस्टार निखिल उप्रेती बिरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप छ । त्यसैलाई लिएर निखिल उप्रेती फ्यान क्लवले आर्यनले सार्वजनिक माफी नमागे सम्म फिल्मको बहिस्कार गर्ने घोषणा गरेको थियो । त्यस बाहेक फिल्म चल्न सबैभन्दा पहिले फिल्म आफैमा राम्रो हुनुपर्छ, फिल्मलाई चलाउन या ओपनिङ दिलाउनलाई ब्राण्डको सहारा चाहिन्छ । ब्राण्ड भन्नाले फिल्म निर्माण टिमको विश्वसनीयता या फिल्मको हिरो हिरोईनको स्टार भ्यालु भन्ने बुझिन्छ । तर यस फिल्मको पक्षमा यि कुनै विषयपनि छैनन् । किनकि आर्यन आफैले आफ्नो स्टारडम सकिएको उहिल्यै स्विकार गरिसकेका छन् । उनको यो निरन्तर १२ औं फ्लप फिल्म हो । नत फिल्मको निर्माण टिम आफैमा ब्राण्ड हो । त्यसैले फिल्मलाई डिजास्टर ओपनिङ लाग्नु स्वभाविक मानिएको छ, सबैभन्दा दुखद् कुरो त फिल्मले सोलो रिलिज पाउँदा पनि चल्न सकेन ।


प्रकाशित : २०७९ पुष १५, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप