ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

अनमोलको छड्के २.० फागुन १९ मा आउने

काठकमण्डौं । युवा पुस्ता माझ लोकप्रिय नायक अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’को निर्माण टिमले फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका छन् ।

पोस्टरमा अनमोलसहित अमेरिकी कलाकार तथा निर्देशक इयान क्लेमर्ट पनि चित्रित छन् । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा मुख्य भूमिकामा छन् । डेब्यु गर्ल रेशा आले मगर अनमोलको अपोजिटमा हुनेछिन् ।

फिल्मलाई ६० दिनको सेड्युलमा चितवन र मुस्ताङमा छायांकन गरिएको थियो । सन् २०१३ को फिल्म ‘छड्के’कै दोस्रो श्रृंखला रहेको फिल्म रिभेन्ज ग्याङस्टर फिल्म हो । तर अघिल्लो भागसँग कुनै पनि सम्बन्ध नरहेको निर्देशक श्रेष्ठले बताए ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेको फिल्मको कार्यकारी निर्मातामा निर्वाणा फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।


प्रकाशित : २०७९ कार्तिक १६, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप
    
    सोमंबुबिशु