काठमाण्ठौं । केहि हप्तादेखि सतहमा आएको प्रेम गीत ३ र चलचित्र बिकास बोर्ड को बिवादमा अर्को ट्विस्ट आएको छ । बोर्ड अध्यक्ष भुवन केसी र नायक प्रदिप खड्का, निर्माता सन्तोष सेनबिच विवाद सिर्जना भएपछि चलचित्र विकास बोर्डले विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएको छ ।
सबै काम नियम कानूनको अधीनमा रहेर भएको उल्लेख गर्दै बोर्डले कर चुक्ता प्रमाणपत्र नभएकाले हिन्दी स्वारांकनको अनुमतिमा ढिलाइ भएको बताएको छ ।
बोर्डका अध्यक्ष भुवन केसीले विज्ञप्ति जारी गर्दै सेन्सर सिफारिस पनि निवेदन आउने बित्तिकै गरिएको बताएका छन् ।
बोर्डले प्रेम गीतसँग जोडिएर आएका समाचार भ्रामक, अतिरञ्जित, कपोकल्पित भएको बताएको छ ।