काठमाण्डौं । नेकपा एकिकृत समाजवादी निकट उपत्यका युवा बिशेष जिल्ला कमिटिले तीज विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । साथै कार्यक्रममा पार्टीका संगठित सदस्यहरुलाई सपथ पनि खुवाइने छ ।
हिन्दु नारीहरूको महान् चाड तीज पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको कमिटीका अध्यक्ष तथा युवा संघ नेपालका सचिव शुशिल भट्टराईले जानकारी दिए ।
पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्य रहने कार्यक्रममा देशका ख्यातिप्राप्त कलाकार हरुको बेजोड प्रस्तुती रहने छ ।
जमुना सनम, विना विश्वकर्मा, नविन पौड्याल लगायत कलाकारले कार्यक्रममा विशेष प्रस्तुति दिने छन् ।
कार्यक्रममा नेकपा एसका अध्यक्ष माधब कुमार नेपाल, पार्टि उपाध्यक्ष जयन्ती राई साथै पार्टि स्थिाई कमिटि सदस्य बिश्वनाथ प्याकुरेल
सहित विभिन्न पदाधिकारी, युवा संघ नेपालका अध्यक्ष नरेश शाही, महासचिव दिपक जि एम लगायतका पदाधिकारीको पनि उपस्थिति रहने छ ।
बुद्धनगर स्थित क्वालिटी ब्यांकेटमा भदौ ४ गते मध्यान्ह १२ बजे कार्यक्रम आयोजना हुदै छ । कार्यक्रममा ५०० भन्दा धेरै नव प्रवेशी कार्यकर्तालाई सपथ खुवाइने छ ।