भारकै सबैभन्दा महंगा फिल्म निर्देशक एस एस राजमौलीको फिल्ममा काम गर्न कलाकार हरुको तँक्षाडमक्षाड हुने गर्छ । उनको फिल्ममा काम गरेपछि आफ्नो मार्केट पुरै भारत फैलने विश्वासका साथ प्राय सबै कलाकार हरु राजमौलीले फिल्म अफर गर्दा अस्विकार गर्दैनन् । उनको फिल्ममा सानै रोल भएपनि काम गर्न तयार हुन्छन् स्टार कलाकार हर ।
उनकै फिल्म बाट प्रभास, एन टि आर , रामचरण लगायतका कलाकार हरु पुरै भारत भर लोकप्रिय बने । राजमौलीको फिल्म अघि ति कलाकारलाई पुरै भारतमा चिन्ने निकै कम थिए । त्यसैले राजमौली को स्टार भ्यालु हिरोको भन्दा ठुलो मानिन्छ ।
तिनै राजमौलीले अर्को फिल्म एसएसएमबि २९ अर्थात् सुपरस्टार महेश बाबु को २९ औं फिल्म निर्देशन गर्दैछन् । जसको लागि उनले महेश बाबुको लागि अलग्गै ४ कथामा काम गरिरहेका छन् । महेश बाबुलाई फिट हुने कथा छानेर फिल्मको छायांकन सुरु गर्ने उनको तयारी रहेको छ । अहिले फिल्मको कहानी राजमौलीका पिता बिजेन्द्र प्रसादले लेख्दैछन् ।
राजमौलीले अहिलेसम्म आफ्नो कथालाई मिल्ने कलाकार लाइ फिल्ममा लिने गर्थे तर यसपटक भने उनले हिरोको लागि भनेर बिशेष कथा लेख्दै छन् । यसअघि उनको फिल्ममा काम गर्ने कलाकारले राजमौलीको अफर आउनु नै ठुलो कुरा मान्थे, किनकि उनीहरु मध्ये सबै राजमौलीकै कारण स्टार भएका थिए । तर यस पटक भने अवस्था फरक रहेको छ । महेश बाबु आफैमा तेलुगु उघोगका सबैभन्दा ठुलो सुपरस्टार मानिन्छन् । न उनलाई राजमौलीको फिल्मबाट चिनिनु पर्ने अवस्था छ। उनि आफै पुरै विश्वभर परिचित अनुहार भएकोले राजमौली लाई उनको स्टार भ्यालु अनुसारको कथामा फिल्म बनाउनुपर्ने बाध्यता रहेको छ ।
त्यसैले उनि र उनको पिता अहिले महेश बाबुलाई फिट हुने ४ ओटा अलग अलग कथामा काम गर्दै छन । फिल्मको छायांकन भने अर्को बर्षको अप्रिलबाट सुरु हुने र २०२५ कोे समर सिजनमा रिलिज हुने बताईएको छ ।