रिमेकउडको उपनामले बदनाम भैरहेको बलिउड उधोगमा सुपरस्टार अक्षय कुमारको चार रिमेक फिल्म २०२२ मा रिलिज हुने भएको छ । कोरोनाले फिल्महल बन्द भैरहेको अवस्थामा अन्य कलाकारहरु घरमै बसिरहेका छन्, उता अक्षय भने एकैसाथ चार रिमेक फिल्ममा काम गर्दै छन् ।
एक मल्यालम, एक तेलुगु र दुई तमिल फिल्मको रिमेक फिल्ममा अक्षयले काम गर्ने भएका हुन् । आगामी २ बर्षमा अक्षयको एक दर्जन फिल्म रिलिजको लागी तयार हुनेछन्, जसमा ४ साउथ फिल्मको रिमेक छन् ।
यसै बर्ष अक्षय कुमारले तमिल सुपरस्टार सुर्याको ब्लकबस्टर फिल्म सोरारी पोत्रु र अर्को हिट फिल्म रत्सासन, मल्यालम सुपरस्टार पृथीवीराजको ब्लकबस्टर फिल्म ड्राईभिङ लाइसेन्स र बच्चन पाण्डे फिल्मको हिन्दि रिमेकमा काम गर्ने भएका छन् ।
बच्चन पाण्डे आगामी मार्च १८ मा हुदै छ भने अन्य फिल्मको छायँकन भैरहेको छ ।