ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा. तिलक आचार्य नियुक्त

रूपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सहप्राध्यापक डा.तिलकराम आचार्य नियुक्त भएका छन् । विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिष्पर्धा गराएको थियो ।खुला प्रतिष्पर्धा गर्दा पहिलो नम्बरमा रहेका आचार्यलाई उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार विहान नियुक्तिपत्र प्रदान गरे । प्रधानमन्त्री दाहालले बुधबार रजिष्ट्रार नियुक्तिको निर्णय गरेको बताइएको छ । रजिष्ट्रार नियुक्त भएका आचार्यले यसअघि दुई कार्यकाल लुम्बिनी बौद्ध विश्वविद्यालयकै रजिष्ट्रार भई काम सकिसकेका छन् ।लुम्बिनी बौद्ध विश्वविद्यालयलाई लुम्बिनीमा स्थापित गरी हालको अवस्थामा पुर्‍याउने काममा उनलाई रोलमोडलका रुपमा लिने गरिएको छ ।

आचार्य पहिलो पटक रजिष्ट्रार भएपछि केन्द्रीय कार्यालय लुम्बिनीमा स्थानान्तरण गरेका थिए । विश्वविद्यालय स्थापनाको १० वर्षसम्म काठमाडौंमा सिमित रहेको थियो । रजिष्ट्रार आचार्यले पहिलो कार्याकालमा विश्वविद्यालयका तीन वटा नियमावलीहरु बनाएका थिए ।दोस्रो कार्यकालमा उनी रुपन्देहीको देवदहमा झण्डै एक सय विगाहा जमिन विश्वविद्यालयको भोगाधिकारमा ल्याउन सफल भएका थिए ।

देवदहमा नयाँ परियोजना शुरु गरिएको भन्दै शैक्षिक कार्यक्रमको विस्तार र भौतिक पूर्वाधारका योजनालाई संगसंगै लगिने उनले बताए । उनले तेस्रो कार्यकालका लागि आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा विश्वविद्यालयले खुला प्रतिष्पर्धा गराएको थियो । प्रतिष्पर्धी ९ जनामध्ये आचार्य पहिलो नम्बरमा रहेका थिए ।

रजिष्ट्रार छनौटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.उपेन्द्र कोइराला र विद्वान प्रा।डा। पुष्कर बज्राचार्य सदस्य रहेको समिति बनाइएको थियो । सोही समितिले सिफारिस गरेको हो ।


प्रकाशित : २०८१ जेष्ठ ३२, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप