काठमाडौं । आज कारोबार खुलेको २६ मिनेटमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २४ सयको विन्दु छोएको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार ११ बजेर २६ मिनेटमा नेप्सेले यो विन्दु भेटेको हो । यो परिसूचक करिब २७ महिनापछिको हो । यसअघि २०७९ वैशाख ११ गते नेप्से परिसूचक २४०० को विन्दुमाथि पुगेको थियो । यस दिन परिसूचक २४२०.९१ विन्दुमा अडिएको थियो । सेयर कारोबार खुलेको २६ मिनेटमा ७५ लाख कित्ता सेयरको खरिदबिक्री हुदाँ ३ अर्ब बढीको कारोबार भएको थियो ।