ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

नेपाल विद्युत् प्राधिकरणले दियो उद्योगहरूलाई २८ किस्तामा बक्यौता तिर्ने सुविधा

३१ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत खपत गरेका उद्योगहरुलाई बक्यौता रकम तिर्न २८ मासिक किस्ताबन्दीको सुविधा दिएको छ । डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उद्योगहरुलाई प्राधिकरणले बक्यौता रकम तिर्न २८ मासिक किस्ताबन्दीको सुविधा दिएको हो ।

प्राधिकरण सञ्चालक समितिको २६ गतेको बैठकले किस्ताबन्दी सुविधा दिने निर्णय गरेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी किस्ताबन्दी सुविधा लाभ लिन भनेको छ । लोडसेडिङको समयमा उद्योगहरुले प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रंक लाइन मार्फत् बिजुली उपभोग गर्न पाएका थिए । उद्योगहरुले नियमित महसुल तिरे पनि प्रिमियम शुल्क नतिरेपछि विद्युत् प्राधिकरणले बक्यौता तिर्न भन्दै पत्राचार गरेको थियो । त्यसविरुद्ध विद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

त्यसपछि लाल आयोगको सिफारिसको आधारमा ‘विवादमा रहेको दोस्रो अवधि (२०७२ माघदेखि २०७५ वैशाखसम्म)मा लोडसेडिङ कायम रहेको र सो अवधिको महसुल निर्धारण तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले गरिसकेको अवस्था भएकाले उक्त अवधिको डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बाफतको थप महसुल लिने’ निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो । त्यसपछि प्राधिकरण सञ्चालक समितिको यही असार ४ गतेको ९७३ औं बैठकले २०७२ माघदेखि २०७५ वैशाख महिनासम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत शक्ति प्रयोग गरेको थप महशुल २५ प्रतिशत थप दस्तुरसहित बक्यौता तिर्न उद्योगहरुलाई ताकेता गर्दै आएको छ ।

प्रकाशित : २०८१ असार ३१, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप