ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

कैलाली; अस्पतालमा दिनहुुँ कोरोना संक्रमितसंगै अन्य बिरामीहरुसमेत बढ्न थालेपछि खानाको समस्या हुने नै भयो । कोरोनाबाहेक अन्य रोगका बिरामी भर्ना भएपछि साथमा कुरुवासमेत बस्नुपर्छ । अस्पतालमा क्यान्टिन त छ तर निशुल्क हैन । लकडाउनको समय साथमा भएको सिमित पैसाभन्दा बढी बिरामीको उपचारमै खर्च हुन्छ । यसैलाई मध्यनजर गर्दै, युवा संघ नेपाल युवा शक्ती विभागले  सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान । यो अभियानमा युवा शक्ति विभागका प्रमुख एवं स्थायी कमिटी सदस्य अशोक रावलको नेत्रित्वमा संघका केन्द्रिय कमिटी सदस्यहरु तथा मातहतका कमिटीमा आबद्ध युवाहरुपनि सामेल छन् ।

 

बिभाग प्रमुख रावलका अनुसार खाना मात्र नभएर बिहानको नास्तामा दूध र अन्डासमेत व्यवस्था गरिएको छ । यो अभियान कोभिड नसकिदा सम्म नै चलाउने उनको भनाई छ । “कोभिड नसकिदासम्म हामी यो अभियान सञ्चालन गरिरहन्छौं”, उनले भने, “अहिलेलाई बिहान दूध र अण्डा, १० बजेदेखि ११ बजेको बीचमा खाना र बेलुका ५ देखि ६ बजेको बीचमा खानाको व्यवस्था गरेका छौं ।”

युवा नेता रावलले अस्पतालमा पटकपटक बिरामीलाई सहयोग गर्न आउदा मुख्यतः खानाको समस्या देखेको र बिरामीहरु टाढा टाढा देखि आउने भएकाले खाना ल्याउन गार्हो हुने र अहिले लकडाउन भएकाले बाहिर होटेलहरुसमेत बन्द हुने भएकाले यो अवधारणा आएको बताए । यो संगै नेता रावलले अहिले युवाहरु मिलेर नै अभियान सुरु गरेको बताउदै परिस्थिति सहज नभए सम्म अभियानलाई निरन्तरता दिनेसमेत बताए । “अस्पतालमा पटकपटक बिरामीहरुलाई सामान सहयोग गर्न आउँदा यहाँ खानाको बढी समस्या देखियो । भजनी, सुखड, मोहन्यालबाट आएको बिरामीलाई दिनहुँ खाना बोक्न समस्या भइरहेको छ र बाहिर होटेल पनि बन्द छन् त्यसैले हामीले यो अभियान सञ्चालन गरेका हौं”, रावलले भने, “ विभागको ब्यानरमा अहिले टिकापुरमा  अभियानको सुरुवात गरेका छौं  र संघको निर्देशनानुसार देशैभर दश हजार स्वंसेवक परिचालन गरिएको छ।


प्रकाशित : २०७८ जेष्ठ ५, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप