मोरङ: कोरोना महामारीबाट पीडितको उद्धारका लागि युवा संघ नेपालले देशभर स्वयंसेवक परिचालन गरेको छ । कोरोना संक्रमण र मृत्युदर बढिरहेको र अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा युवा संघले स्वयंसेवक परिचालन गरेको हो ।
बिराटनगर महानगर कमिटीले आज सर्बसाधरणलाइ २३०० थान मास्क बितरण गरेको छ । यो संकटको घडीमा युवाहरुले आफ्नो दायित्व बोध र कर्तव्य निर्वाह गरेको संघका केन्द्रिय सदस्य तथा बिराटनगर महानगर इन्चार्ज उदय यादवले बताए । बिहीबार विराटनगरमा रक्तदान कार्यक्रम गरी ५३ पिन्ट रगत दान गरि रेडक्रसलाई बुझाएको महानगर अध्यक्ष सुरेन साक्यले बताउदै मास्क वितरण संगसंगै आम जनमानसलाई सचेत पार्दै थप कार्यक्रम अघाडी बढाउने स्पष्ट पारेका छन् ।
तस्बिर:
प्रकाशित : २०७८ बैशाख २६, आईतवार