२०७४ को स्थानिय निकायको निर्वाचनमा २९४ प्रमुख र ३३१ उपप्रमुख जितेको एमालेले विभाजन पछि ति सिटहरु जोगउन सक्छ या सक्दैन भन्नेमा एमालेजनलाई नै विश्वास नभएर होला ५ दलीय गठबन्धनको बिरोध गर्ने ओली अहिले आफै ९ दलीय गठबन्धन गर्दै हिडेका छन् ।
एमाले अध्यक्ष केपि ओलिका अनुसार एमालेले बहुमत स्थानिय निकायमा विजय प्राप्त गर्ने छ । कार्यकर्तालाई आत्म विश्वास दिन ओलिले कुनै कसर बाँकि राखेका छैनन् । गठबन्धनलाई धुलो चटाउने देखि दुईतिहाई सिट जित्ने सम्मका आश्वासन उनले कार्यकर्तालाई दिँदै आएका छन् ।
तर वास्तवमा त्यो सम्भावना भने निकै न्युन रहेको छ । किनकि ओलिलाई विश्वास गर्ने जनमत अघिले चुनावमा जस्तो अहिले छैन । अहिले ओलिलाई राष्ट्रि«वादको नाराले पनि साथ दिने अवस्था छैन । विभाजन भैसकेको पार्टिलाई जितेकै सिट जोगानै हम्मे हम्मे पर्छ । त्यसमाथि दुई तिहाई सिट जित्नेकुरा सिर्फ कार्यकर्ता र जनतामाझ भ्रम सिर्जना गरेर चुनाव प्रभावित पार्ने प्रयास मात्र्र हो ।
गठबन्धन देशैभर कायम रहेको खण्डमा एमालेले नयाँ ठाउँमा जित्ने त टाढाको कुरा, जितेकै सिट जोगाउने कुरा लगभग असम्भव छ । जितेका मध्ये पनि धेरै सिटमा निकै न्युन मतान्तर रहेका ठाउँहरु धेरै छन् । जुन ठाउँमा एमालेलाई मत जोगाउन निकै चुनौतिको सामना गर्नुपर्ने हुन्छ । माधव कुमार नेपालले पार्टिबाट बिद्रोह गरेपछि एमालेलाई जितेकै सिट जोगाउन अब झन् कठिन हुनेछ ।
कोरोनाकालमा भएको तमाम भ्रष्टाचार, यति ओम्नी र वतास काण्ड लगायत प्रकारणले देशभर ओलि बिरोधि जनमत बढिरहेको अवस्थामा ओलिले राप्रपा अध्यक्षमा पराजित कमल थापा लगायत अन्य ९ दल सँग चुनावि तालमेल गर्ने निर्णय गरेपछि झन् एमालेको चुनावि संकटलाई थप प्रस्ट्याउँछ ।
देशभर सत्ता गठबन्धनलाई सराप्दै हिडेका ओलीले अब ९ दल सँग तालमेल गर्दा पनि चुनावमा अनुकुल नतिजा ल्याउन नसकेको खण्डमा एमालेको साख गिर्ने निश्चित छ ।
सुबाष अर्याल