काठमाडौं । अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएका छन् । अमेरिकाको ४७ औँ राष्ट्रपति ट्रम्प पुनः निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी डेमोक्र्याटिक पार्टीकि कमला ह्रयारिसलाई पछि पार्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । जारि मतगणनामा उनले अहिलेसम्म कहुमतको आँकडा पार गर्दै बिजय निश्चित गरेका हुन् ।
सन २०२० को चुनाव हारेपछि सन २०२२ नोभेम्बर १५ मा राष्ट्रपति उम्मेदवार घोषणा गरेका ट्रम्पले विजय हुने सम्भावना अमेरिकी अखबार न्यू योर्क टाइम्सले पनि उल्लेख गरेको थियो । यसैबीच विजय सभामा बोल्दै ट्रम्पले यो राजनीतिक दिग्विजय भएको टिप्पणी गरेका छन् । सीमा र सबै समस्याहरु समाधान गर्ने ट्रम्पले बताए ।
आफूले लोकप्रिय मत ल्याएको भन्दै मुख्यालयमा बोल्दै उनले यो अविश्वसनीय जित भएको भन्दै सम्बोधन गरेका छन् । उनले ब्याटलग्राउण्ड राज्यहरुलाई धन्यवाद दिएका पनि छन् ।