काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न लागेकोमा अग्रिम बधाई दिएका छन् । ओलीलाई प्रधानमन्त्री बनाउन दुई तिहाइ सांसदले समर्थन गर्ने उनको दाबी छ । फेसबुकमा स्टाटस लेख्दै बस्नेतले ओलीलाई बधाई दिएका हुन् ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस र एमालेले आजै सरकार गठनका लागि राष्ट्रपति समक्ष आग्रह गर्ने उनले बताएका छन् । बस्नेतले लेखेका छन्, ‘आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिने प्रक्रिया सकिएर विश्वासको मत नपाएपछि सभामुखले राष्ट्रपति कार्यालय शीतल निवासमा विश्वासको मत परिणाम पठाउनु हुनेछ । अनि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । यो प्रक्रिया आजैबाट शुरु हुनेछ ।