ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार दुई सय ५० पर्यटक नेपाल भित्रिएका थिए ।

नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार आठ सय ३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, दोस्रोमा अमेरिकाबाट आठ हजार दुई सय ८१, चीनबाट सात हजार चार सय ९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

बङ्गलादेशबाट तीन हजार आठ सय ५७, बेलायतबाट एक हजार नौ सय ६९, अष्ट्रेलियाबाट एक हजार पाँच सय ८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट नौ सय ५३ र दक्षिण कोरियाबाट आठ सय ७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार आठ सय ८३ विदेशी पर्यटक आएका थिए । सन् २०२४ सुरु भएयता नेपालमा पाँच लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् ।


प्रकाशित : २०८१ असार १८, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप