ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

विपी कोइराला क्यान्सर अस्पतालमा उपचारको लागि आएका चिनियाँ नागरिक मृत भेटिए

चितवन । भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालमा उपचारको लागि आएका चिनियाँ नागरिक मृत भेटिएका छन् । यहि असार १० गते उपचारको लागि क्यान्सर अस्पताल आएका ५६ वर्षका चिनियाँ नागरिक बियान चाङ्क्सिन आज बिहान अस्पताल बाहिरको होटलमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार क्यान्सर अस्पताल अगाडिको वर्षाना होटलको कोठा नम्बर ११९ मा बसी उपचार गराइरहेका उनी आज मृत भेटिएका हुन् । बिहान ८ बजेर ५५ मिनेटमा होटलको ट्वाइलेटमा घोप्टी परेको अवस्थामा मृत भेटिएको जानकारी प्राप्त भएको डिएसपी रिजालले जानकारी दिए । उनका अनुसार मृतक चिनिया नागरिकको बारेमा नेपालस्थित चिनिया राजदुतावासमा कुराकानी भइसकेको छ ।

राजदुतावाससँगको समन्वयमा शव व्यवस्थापन तथा अनुसन्धानको प्रकृया अघि बढाइने डिएसपी रिजालले नेपाल प्रेसलाई जानकारी दिए । डिएसपी रिजालका अनुसार ६ दिनदेखि बियान होटलमा एक्लै बस्दै आएका थिए । उनी नेपाल उपचार बाहेक कुन प्रयोजनमा बस्दै आएका थिए भन्ने पनि नखुलेको डिएसपी रिजालले जानकारी दिए ।


प्रकाशित : २०८१ असार १६, आईतवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप