ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

लामाे अन्तरालपछि सन्जीप प्रधानको नयाँ गीत बजारमा

काठमाडौं । कुनै समयका चर्चित पप  गायक सन्जीप प्रधानले लामाे अन्तरालपछि नयाँ गीत बजारमा ल्याएका छन् । थुप्रै हिट गीत गायका सन्जीपले ‘रेल गुड्ने स्टिम इन्जिन’ बोलको गीतको भिडिओबाट पप गायन क्षेत्रमा पुनरागमन गरेका हुन् ।

देउरालीको चौतारीमा, कसरी भनुँ म, भोलि फेरि सल्लाघारीमा, नशाभित्र नशा सरी तथा केही नेपाल भाषाका गरी सञ्जीपका दर्जनभन्दा बढी गीत हिट छन् । उनले आफ्नो नयाँ गीतमा दर्शकले साथ दिनेमा आशावादी रहेको बताए ।

हालै सार्वजनिक गीतको भिडिओमा गायक स्वयं र करिश्मा श्रेष्ठको मोडलिङ रहेको छ । गीतमा कबवेभ व्याण्डका दीपेश मुल्मीको एरेन्ज छ । काभ्रेको पनौतीका रमणीय स्थानमा छायांकन गरिएको उक्त गीतको भिडिओमा एक यात्रीले कल्पना गरिरहेकी सुन्दर युवतीलाई वास्तविक जीवनमा नै भेटेको दृश्यलाई निर्देशक सुव्रत आचार्यले उतारेका छन् ।

म्युजिक भिडिओका निर्देशक आचार्यले सन्जीपको यो नयाँ भिडिओ पप जनरामा नै आधारित भएर निर्माण गरिएको बताएका छन् । जया शर्मा क्रियटिभ डाइरेक्टर रहेको भिडिओको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ । ‘स्टिम इन्जिन’ गीतको म्युजिक भिडिओ गायक सन्जीपकै अफिसिल च्यानलबाट सार्वजनिक गरिएको छ ।


प्रकाशित : २०८१ असार ५, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप