ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

‘मैले फिल्म क्षेत्र छाडेको छैन’ : राजेश हमाल

कुनै समय अभिनेता राजेश हमालका फिल्म वर्षमा महिनाभन्दा ज्यादा रिलिज हुन्थे । विगत ७/८ वर्षयता भने उनका एउटै फिल्म आएका छैनन् । उनको पछिल्लो फिल्म ‘सकुन्तला’ थियो । यसपछि उनले फिल्ममा काम नै गरेका छैनन् । जसले गर्दा अब उनले फिल्म क्षेत्र छाडेका त होइनन् भन्ने आशंका उब्जिएको छ ।

यसै साता ६०औं जन्मदिन मनाएका उनले हालै एक अन्तर्वार्तामा आफूले फिल्म क्षेत्र नछाडेको प्रष्ट पारेका छन् । उनी भन्छन्, ‘मैले यो विधा छाडेको छैन । म यसमा नै छु । अहिलेको विन्दूमा आइपुग्दा चाहिँ यो विधाले नै निम्त्याएका अन्य कार्यहरुमा व्यस्त छु ।

’ फिल्ममा काम गर्न ढिलाई भए पनि अब चाँडै फर्किने उनले संकेत गरे । उनी भन्छन्, ‘ढिला भए पनि दुरुस्त तरिकाले आउनेछु । उनी आफूलाई फिल्मको प्रस्ताव भने आइरहेको बताउँछन् । ‘मेकहरुले मलाई ‘अप्रोच’ गरिरहनुभएकै छ । विदेश बस्ने मेकरहरुले पनि रुचि देखाउनुभएको छ ।

मेरै अवस्था (उमेर)लाई हेरेर स्क्रिप्टमा काम गरिरहनुभएको छ । तर, त्यो अत्यन्त प्रारम्भिक चरणमा छ । अब त्यसलाई कसरी अगाडि बढाउने भन्ने मेरो वा मेकरमा निर्भर रहनेछ । सायद चाँडै खुसीको खबर आउनेछ,’ उनले भने । अहिले नेपाली फिल्मको वातावरण झनै मौलाएको छ भन्ने हमाललाई लाग्छ ।

उनी भन्छन्, ‘पहिला एउटा फर्म्याटमा फिल्म बन्थ्यो । सामाजिक कथा, विद्रोही चरित्र, घरपरिवारको कथा हुन्थे । यो फर्म्याटबाट हामी धेरै वर्ष निस्किन सकेनौं । अहिले विभिन्न विषयमा फिल्म बनिरहेका छन् । दर्शकहरु पनि त्यो हेर्न तयार भइसक्नुभएको छ ।’ उनले फिल्म निर्देशनको पनि रुचि व्यक्त गरेका छन् ।


प्रकाशित : २०८१ जेष्ठ २९, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप