ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

५ वर्षपछि निर्देशनमा फर्किएकी दीपाश्री

नेपाली फिल्ममा महिला निर्देशकहरुको उपस्थिति औंलामा गन्न सकिने मात्र छ । त्यसमा पनि एकाधले निरन्तर फिल्म बनाउँछन् । नभए धेरैले त पहिलो फिल्मपछि निर्देशनलाई अगाडि बढाउन पनि सकेका छैनन् । तर, नेपाली फिल्ममा सर्वाधिक सफल फिल्म दिने निर्देशकमा महिला पनि पर्छन् ।

त्यसमध्येको एक नाम हो, दीपाश्री निरौला । उनले सफलतामा ‘ह्याट्रिक’ नै गरिसकेकी छन् ।लामो समय हाँस्य टेलिश्रृंखला ‘तीतो सत्य’मा काम गरेपछि ‘६ एकान ६’बाट फिल्म निर्माणमा होमिएकी उनले पहिलोपटक ‘छक्का पञ्जा’ निर्देशन गरेकी थिइन् । यो फिल्मले घरेलु बजारमा व्यापारिक रेकर्ड नै बनायो ।

‘छक्का पञ्जा ३’पछि भने दीपाश्रीको सक्रियता निर्माण र अभिनयमा मात्र देखियो । ‘छ माया छपक्कै’मा प्रस्तुतकर्ताको रुपमा थिइन् भने ‘छक्का पञ्जा ४’मा मुख्य भूमिका निभाइन् । अब भने उनी ५ वर्षपछि निर्देशनमा फर्किएकी छन् । यतिबेला उनको निर्देशनमा ‘छक्का पञ्जा ५’ तयार भइरहेको छ ।

दीपाश्रीको टिमलाई ‘कबड्डी ४’ले बक्स अफिसमा बनाएको २२ करोडको रेकर्ड तोड्नुपर्ने सबैभन्दा ठूलो चुनौती छ । यसले गर्दा नै उनीहरुले ‘माग्ने राजा’ नाममा फिल्म बनाउने तयारीलाई तत्काल रोकेर ‘छक्का पञ्जा ५’ अगाडि सारेको चर्चा छ । आगामी दशैंको फूलपातीबाट प्रदर्शनमा आउने यो फिल्मले ‘कबड्डी ४’को रेकर्ड तोडेर नयाँ मानक बनाएको खण्डमा दीपाश्रीले इतिहास रच्नेछिन् ।


प्रकाशित : २०८१ जेष्ठ २९, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप