ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

किरण चेम्जोङलाई एक सय नम्बरको जर्सी दिएर सम्मान

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले किरण कुमार चेम्जोङलाई उनको राष्ट्रिय कीर्तिमानी खेलमा एक सय नम्बरको जर्सी दिएर सम्मान गर्ने भएको छ। साउदी अरबको दम्मामा मङ्गलवार नेपालले यमनसँग विश्वकप छनोट खेल खेल्दा किरणको सयौँ सिनियर अन्तर्राष्ट्रिय खेल पूरा हुने छ।

यसअघि नेपालका लागि कुनै पनि फुटबल खेलाडीले एक सय सिनियर अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। नेपाली टोलीका टिम म्यानेजर उत्तमराज भण्डारीले किरणको विशेष खेलमा एन्फाले विशेष तयारी गरेको जानकारी दिए। ‘हामी उनलाई प्रशंसा पत्र, मेडल र एक सय नम्बरको जर्सी दिने छौँ’, उनले भने। उनले कति बेला उक्त कार्यक्रम गर्ने भनेर छलफल भइरहेको बताए। ‘ खेल अगाडि गर्ने की हाफ टाइममा गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’, उनले भने।


प्रकाशित : २०८१ जेष्ठ २९, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप