ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

नेपालबाट पहिलो पटक चोयुको सफल आरोहण

काठमाडौं । आरोहणका हिसावले निकै कठिन मानिएको चोयु हिमाल (८१८८ मिटर) मा नेपालतर्फबाट पहिलोपटक सफल आरोहण भएको छ । उक्त हिमालमा हालै छ जना शेर्पासहित एक विदेशी नागरिकले पहिलो पटक सफल आरोहण गरेसँगै नेपालबाट आरोहणको ढोका खुलेको हो । पर्यटन विभागका अनुसार नेपालतर्फबाट पहिलो पटक चोयुको सफल आरोहण भएको छ । गत शुक्रबार छजना शेर्पा र एकजना फ्रान्सका नागरिकले चोयु चढ्न सफल भएका थिए ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार नेपालतर्फबाट नयाँ रुट ९ एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट चोयुको पहिलो पटक आरोहण सफल भएको हो । यसअघि नेपालतर्फबाट चोओयुको आरोहणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन । आरोहणका लागि निकै कठिन मानिने चोओयु आरोहणले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । चोओयु हिमाल चीनतर्फबाट मात्रै आरोहण हुँदै आएको थियो ।

 विभागको पर्वतारोहण शाखाका अनुसार आरोहण टिममा फ्रान्सका अलास्डिर म्याकान्जि, नेपालबाट गाल्जे शेर्पा, छान्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेम्वा शेर्पा, लाक्पा तेन्जी शेर्पा, निग्मा ओङदा शेर्पा छन् । चोयु हिमाल आरोहण गरी आज काठमाडौँ आइपुगेको टोलीलाई विमानस्थ र पर्यटन बोर्डमा आयोजित कार्यक्रममा भब्य सम्मान गरिएको छ । बोर्ड, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले संयुक्त रुपमा आरोही टोलीलाई सम्मान गरेको हो ।विभागका महानिर्देशक रूद्रप्रसाद पण्डितले नेपाली टोलीले लामो समयको प्रयासपछि कठिन, साहसिक र जोखिमपूर्ण मानिएको चोयु आरोहण गरेर नेपालको पर्वतारोहणलाई विश्वभर नयाँ सन्देश दिन सफल भएको बताए ।

 


प्रकाशित : २०८१ जेष्ठ २९, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप