ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन योजनाको अभ्यास

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना उद्धारको ड्रिल (पूर्वअभ्यास) गरिएको छ । सोक्रममा खप्तड एयरको विमान ‘क्रयास’ को रिहर्सल गराइएको थियो । दिउँसो आधा घण्टा विमानस्थल बन्द गराएर विमानस्थल संकटकालीन योजनाको अभ्यास गरिएको हो ।विमान दुर्घटना हुँदा, विमानमा आगो लाग्दा के कसरी प्रतिकार्य गर्ने, घाइतेको उद्धारलगायतको विषयमा अभ्यास गरिएको हो ।

धावनमार्गमा अवतरणको क्रममा विमान दुर्घटना हुँदा गरिने उद्धार अभ्यासमा प्रहरी, सेना, दमकल, एम्बुलेन्स, कर्मचारी र एटीसीलगायतका संलग्न गराइएको थियो । विमानस्थलका अधिकारीका अनुसार जहाज दुर्घटनाको काल्पनिक घटना बनाएर प्रतिकार्य अभ्यास गरिएको हो ।विमानस्थल संकटकालीन योजनाको अभ्यास गरिनुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको मापदण्ड र एयरपोर्ट इमरजेन्सी प्लानअनुसार बेलाबेला यस्तो कार्य गरिन्छ ।


प्रकाशित : २०८१ जेष्ठ २८, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप