काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले सन्दीप लामिछानेलाई टी-२० विश्वकपका लागि शुभकामना दिएका छन् । वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुन सोमबार त्यहाँ पुगेका लामिछानेलाई आचार्यले बधाई र नेपाली टोलीलाई सफलताको शुभकामना दिएका हुन् ।
लामिछाने सोमबार नै वेस्ट इन्डिज पुगिसकेका छन् । अमेरिकाले भिसा नदिएपछि उनले अमेरिकामा हुने २ खेल गुमाएका छन् । वेस्ट इन्डिजमा बङ्गलादेश र साउथ अफ्रिकासँग उनले खेल्नेछन् ।
प्रकाशित : २०८१ जेष्ठ २८, सोमबार